एमाले नेता एवं पुर्व सांसद शाह राप्रपा नेपाल प्रबेश

काठमाडौं,३पुस। नेकपा एमालेका नेता तथा पूर्व सांसद गोबिन्द बिक्रम शाह राप्रपा नेपालमा प्रबेश गरेका छन् ।
यतिबेला देशमा बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति आबश्यक रहेको भन्दै शाहले आफू राप्रपा नेपाल पार्टी प्रवेश गरेको बताए। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले एमाले नेता शाह आफ्नो पार्टीमा प्रवेश गरेको र अध्यक्ष कमल थापाले माला लगाएर स्वागत गरेको परेवान्युजलाई जानकारी दिए।
शाह जाजरकोट जिल्लाका तत्कालीन निर्बाचित जिबिस सभापति,निर्बाचित सांसद एवं  नेकपा एमालेका नेताको जिम्मेबारी निर्बाह गरिसकेका ब्यक्ति हुन् ।
शाहलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले अहिले मुलुकमा कायम संघीय गणतन्त्र भ्रष्ट तन्त्रमा परिणत भएको भन्दै ब्यबस्था परिबर्तन बिना अवस्था परिबर्तन नहुने बताए । नब प्रबेशी शाहले मुलुकको राष्ट्रिय राजनीतिमा राप्रपा नेपाललाई स्थापित गराउन भरमग्दुर प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय