१८ दिनको पहाडी यात्रापछि बालकोट भित्रिए ओली

काठमाडौं, २ पुस । नेकपा एमालेले बैतडीको झुलाघाटदेखी पाँचथरको चिवाभञ्ज्याङ् सम्म ‘संकल्प यात्रा’को नाममा सुरु गरेको मध्यपहाडी लोकमार्गको यात्रा १८ दिनमा पूरा भएको छ । यस क्रममा झन्डै १८ सय किलोमिटर यात्रा गरेर एमाले अध्यक्ष केपी शर्मा ओली सहितको शीर्ष नेतृत्व काठमाडौ आइपुगेको छ । १८ दिनपछि निजी निवास बालकोट आइपुगेका ओलीलाई घरको आंँगनमा स्वागत गरिएको थियो।

नेकपा एमालेले १८ दिन लगाएर बैतडीदेखि पाँचथरसम्म गरेको सडक यात्राका क्रममा अध्यक्ष ओली सहित नेताकार्यकर्ताले ठाउँ ठाउँमा जनभेटघाट समेत गरेको थियो। कतिपय ठाउँमा अध्यक्ष ओलीले रमाइलो गर्दै कतै खिर खाने त कतै माछा तार्ने समेत गरेका थिए । डडेल्धुराका खिर बाजेको पसलमा खिर खाएको र दोलालघाटको माछा तारेको ओलीको तस्वीर सामाजिक संजालमा चर्चामा थियो । त्योसँगै आफ्नै जन्मघर अगाडि उभिएर विदेशमा रहेका बाल्यकालका साथीसँग गरिएको भिडियो कुराकानी समेत चर्चित रह्यो।

‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिइएको यो कार्यक्रम मंसिर १४ गते झुलाघाट स्थित उत्तराखण्डको सीमाक्षेत्रबाट सुरु भएर आइतबार बिहान पाँचथरको चिवाभञ्ज्याङस्थित सिक्किमको सिमाना पुगेसँगै सकिएको हो । यात्रामा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू रामबहादुर थापा बादल, विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली र पत्रकार सहभागी थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय