आज विवाह पञ्‍चमी, मधेश प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं, १ पुस । मिथिला क्षेत्रमा विवाह पञ्‍चमी महोत्सव मनाइँदै छ । विवाहपञ्चमी महोत्सवको अवसरमा आज मधेश प्रदेश सरकारले सार्वजनिक बिदा पनि दिएको छ।

मधेस प्रदेशको क्यालेन्डर अनुसार साताव्यापी विवाहपञ्चमी महोत्सव बिदा दिइने उल्लेख छ। मुख्यमन्त्री सरोजकुमार यादवले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरूलाई शुभकामना व्यक्त गरेका छन्।

त्रेता युगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ। विवाह पञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती समेत आउने गरेका छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय