एनसेलका लगानीकर्ता सतिशलाल आचार्यले ‘आचार्य’ कै बदनाम गरेको आरोप

काठमाडौं, १ पुस । आचार्य समाजले एनसेलका लगानीकर्ता सतिशलाल आचार्यलाई  ‘आचार्य’ नै नभएको भन्दै विरोध जनाएको छ ।

आचार्य समाजले विज्ञप्ति नै जारी गर्दै सतिशलाल आचार्य नभई श्रेष्ठ भएको र उनी आफ्नो आचार्य समाजको सदस्य नभएको समेत जिकिर गरेको छ।यद्यपि सतिशलाल आचार्य वीर अस्पतालका पुराना डा.आइ.एल आचार्यको छोरा भएको डा.शुन्दरमणी दिक्षित बताउँछन् ।

तर, आचार्य समाजले सतिशलाललाई आचार्य नै होइन भन्दै बरु ‘राज्यको कर तत्काल तिर्न’ समेत अनुरोध गरेको छ । समाजको बैठकले व्यावसायी आचार्यलाई कर तिर्न बुझाउन बाँकी भए पारदर्शी हिसावले देशको प्रचलित नियम कानूनअनुसार तिर्न आग्रह गर्दै राजनीतिक दल, सरकारलगायत जिम्बेवार निकायले समेत गलत कार्य गरेको भए सुसंस्कृत रुपमा खबरदारी गर्न आग्रह गरेको छ ।

आचार्य समाजका प्रवक्ता रामहरि आचार्यले आचार्य थरको खुला रुपमा बदनाम हुनेगरी एनसेलसँग जोड्ने काम गरेकाले विरोध जनाउनु परेको भनेका छन् ।उनले आचार्य समाजको  अभिलेखमा सतिशलाल यस समाजको सदस्य नरहेको र प्रारम्भिक अध्ययनअनुसार उनी कौडिन्य गोत्रीय आचार्य नभएको पाइएको बताएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय