शान्ति नमुनाले जित्यो गुरुकुल अन्तर कलेज फुटसल प्रतियोगिताको उपाधि

रुपन्देही, ३० मंसिर । आइएसएमटी गुरुकुल अन्तर कलेज फुटसल प्रतियोगिताको उपाधि शान्ति नमुना स्कुलले जितेको छ । शनिबार भएको रोमाञ्‍चक फाइनलमा प्यारामाउन्ट कलेजमाथि ३-२ को जीत निकाल्दै शान्ति नमुनाले उपाधि जितेको हो ।

त्यसअघि आजै भएको सेमिफाइनलमा प्यारामाउन्टले होराइजन जिबिएसलाई २-१ तथा शान्ति नमुनाले सेन्ट जोसेफलाई ३-२ ले हराउँदै फाइनल भिडन्त पक्का गरेका थिए ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता भने होराइजन जिबिएसका करण अधिकारी रहे भने फेयर प्ले अवार्ड पनि होराइजनले नै जित्यो । शान्ति नमुनाका सरोज थारु उत्कृष्ट गोलरक्षक घोषित भए ।

यस प्रतियोगिताका सबै खेलहरु तिलोत्तमा नगरपालिकाको शंकरपुर स्थित युनिक फुटसल ग्राउन्डमा भएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय