अभिनेता पल शाहविरुद्धको बलात्कार मुद्दा सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने

काठमाडौ,३०मंसिर। अभिनेता पल शाहले सफाइ पाइसकेको मुद्दा  फेरि ब्युँतिएको भएको छ। उनले नाबालिग बलात्कार प्रकरणमा उच्च अदालत पोखराबाट सफाइ पाएका थिए।

उच्च अदालत पोखराले गरेको फैसला त्रुटिपूर्ण देखिएको दाबी गरी महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनमा सर्वोच्च अदालतले सुनुवाइ गर्दै उक्त मुद्दा दोहोर्‍याएर हेर्ने अनुमति दिएको हो।

उच्च अदालत पोखराका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले २०७९ फागुन ४ गते बलात्कार मुद्दामा पल शाहलाई सफाइ दिएको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय