रेखा थापा दम्पती अमेरिकामा हिउँ खेल्न व्यस्त

काठमाडौं, २९ मंसिर । नायिका रेखा थापा र उनका पति बलराम शाही अमेरिका पुगेर हिउँ खेल्दै गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ।

अमेरिकामा पुगेपछि आफ्ना श्रीमान बलरामसंग रमाउदै हिँउ खेलिरहेको तस्विर रेखा आफैंले सामाजिक संजालमा सार्वजनिक गरेकी छिन् । अमेरिका मै उनीहरुले बलरामको जन्मदिन समेत सेलिव्रेशन गरिसकेका छन् ।

माघमा आमा बन्दै गरेकी रेखाले सन्तानलाई अमेरिकामा नै जन्म दिने तयारी गरेकी छिन् । यसैले, उनी डाक्टरले दिएको मिति भन्दा २ महिना अगाडि नै अमेरिका उडेकी हुन् । अमेरिका जादा उनीहरुले काठमाडौ एयरपोर्ट छाडेर भारतको एयरपोर्ट प्रयोग गरेका थिए।

सन्तानलाई अमेरिकामा जन्म दिन उनी केही दिन अगाडि मात्र अमेरिका पुगेकी हुन् । रेखा ५ महिना अमेरिकामा नै बस्न लागेको बुझिएको छ ।रेखाले आफ्ना प्रेमी बलराम शाहीसँग डेढ बर्ष अगाडि बिहे गरेकी थिइन् ।

रेखाले निर्माण गरेको पछिल्लो चलचित्र ‘उपहार’ आगामी फागुन २५ मा प्रदर्शन हुँदैछ । तर,चलचित्रकी मुख्य नायिका रहेकी रेखा र कार्यकारी निर्माता रहेका उनका श्रीमान् बलराम चलचित्र रिलिजको समयमा नेपाल हुने छैनन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय