काठमाडौं मल अगाडि माइक्रोले ठक्कर दिँदा बस कुरिरहेका चारजना घाइते

काठमाडौं, २७ मंसिर । काठमाडौंको सुन्धारास्थित काठमाडौंं मल अगाडि माइक्रो बसले ठक्कर दिँदा ४ जना घाइते भएका छन् ।
बुधबार साँझ करिब साढे ६ बजे बौद्ध जोरपाटी रुटमा चल्ने जोरपाटी दीपमाला यातायात प्रालिको बा १ ज ६११८ नम्बरको अनियन्त्रित माइक्रो बसले ठक्कर दिँदा बस कुरेर सडक किनारामा बसेका यात्रु घाइते भएका हुन ।
घाइते हुनेमा काठमाडौं गागलफेदीका २२ वर्षीय प्रबिन राई, सिन्धुपाल्चोकका २४ वर्षीय समिर प्रधान, हेटौंडाका ५५ वर्षीय सोम दाहाल र बर्दियाका ४४ वर्षीय खगेन्द्र ढकाल छन् ।
ब्रेक फेल भएर अनियन्त्रित माइक्रो बसले आकाशेधारा रत्नपार्क रुटको बा ५ ख ८४१३ नम्बरको बसको पछाडिको भागमा ठक्कर दिँदा सामान्य क्षति पुगेको छ ।
माइक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

