शेखर-गगन समुहको भेला शुरु,पत्रकारलाई प्रवेश निषेध !

काठमाडौ,२७मंसिर।नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापा समुहको भेला काठमाडौ बत्तिसपुतली स्थित अनुपम फुडल्यान्डमा सुरु भएको छ। भेलामा मिडियालाई प्रवेश दिइएको छैन।
पार्टी सभापति शेरबहादुर देउवाका विरुद्ध एकजुट भएको शेखर-गगन समूहले आगामी महासमिति बैठक,माघ ११ को राष्ट्रिय सभा निर्वाचन र सरकारमा सहभागी मन्त्रीहरुको कार्यप्रगती बारे छलफल गर्नेछ। साथै बर्तमान राजनीतिक घटनाक्रम,गठबन्धन सरकारको काम र समग्र पार्टी संचालनमा सभापतिले गरेका गल्ती औंल्याउने छ।
भेलामा शेखर कोइराला र महामन्त्री थापा सहित उपसभापति एवं कानुन मन्त्री धनराज गुरुङ,पुर्व मन्त्री डा.मिनेन्द्र रिजाल,नेता अर्जुन नरसिंह केसी,बलबहादुर केसी,गुरु घिमिरे,अजय सिवाकोटी,दिलेन्द्र बडु,देवराज चालिसे,रामनाथ अधिकारी प्रकाश रसाइली लगायत सहभागी छन् ।
भेलामा अर्का महामन्त्री बिश्वप्रकाश सर्मा र नेता प्रदिप पौडेल भने सहभागी छैनन् ।भेला साँझ सम्म चल्ने र त्यसपछि पत्रकारसंग कुरा गर्ने कार्यक्रम छ।





