अबैध रुपमा प्राकृतिक दोहन गर्ने ५६ वटा सवारी साधन नियन्त्रणमा

पोखरा,२६ मंसिर।कास्की प्रहरीले अबैध रुपमा प्राकृतिक दोहन गर्ने ५६ वटा सवारी साधन मंगलबार नियन्त्रणमा लिएको छ।

कास्की जिल्ला अन्तर्गत विभिन्न स्थानमा प्राकृतिक नदिजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिल समेत बनाई चोरी निकासी भई रहेको भन्ने स्थानीयको गुनासो तथा सूचनाको आधारमा ती सवारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएका ती सवारी साधनलाई पोखरा महानगरपालिका पठाएको छ।

मंगलबार जारी बिज्ञप्तिमा भनिएको छ,-‘अवैध रुपमा नदिजन्य पदार्थ ढुङगा, गिट्टी, बालुवा, ओसार-पसार गर्ने, भ्याट्बिल नभएका, कागजपत्र नभएका, फर्जिबिल बनाएका बिभिन्न ५६ वटा सवारी साधनहरु (ट्रक, टिप्पर, ट्याक्टर) नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी पोखरा महानगरपालिकाको नगर कार्यपालीकाको कार्यालयमा पठाईएको, उक्त कार्य निरन्तर भई रहेको छ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय