केपी ओलीको यात्रामा अवरोध गर्ने पुर्व मन्त्री किरातीसहित १० जना पक्राउ

विराटनगर,२६मंसिर।पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेतृत्व गरिरहेको संकल्प यात्रामा अवरोध गर्न खोज्ने पुर्व मन्त्री सहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पूर्वमन्त्री गोपाल किराती सहित १० जनालाई नियन्त्रणमा लिइएको हो।किरातीलाई खोटाङको हलेसीबाट प्रहरीले नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरीले पुष्टि गरेको छ । तर, पक्राउ परेका किरातीले भने सुरक्षा व्यवस्थालाई खलल नपुगोस् भनेर आफु प्रहरीको गाडीमा चढेको प्रतिक्रिया दिएका छन् ।
सुदुरपश्चिमबाट सुरु भएको एमालेको संकल्प यात्रा आजदेखी कोशी प्रदेश प्रवेश गरेको हो। उक्त यात्रालाइ पुर्वमा पहिचान पक्षधरले अवरोध गर्ने कार्यक्रम पहिले नै सार्बजनिक भएको थियो। कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाका अनुसार उदयपुर र खोटाङ जिल्लाबाट अहिलेसम्म १० जनालाई नियन्त्रणमा लिइएको छ ।
सुदुरपश्चिमको झुलाघाटदेखि पुर्वको चिवाभञ्ज्याङ संकल्प यात्राको टोली आज बिहान उदयपुरको घुर्मी हुँदै पुर्व प्रवेश गरेको हो।कोशी प्रदेशको आरम्भ सभा भने ओखलढुंगाको हर्कपुरमा शुरु भएको छ।
यसैबिच एमालेको कार्यक्रम विथोल्न सक्ने भन्दै कोशीका मध्य पहाडी जिल्लामा यतिबेला कडा सुरक्षा व्यवस्था मिलाएको छ ।

