हाफछुट्टीमा खाजा खान गएका विद्यार्थी नफर्केपछि उपमहानगरले नै खाजा दिने
तारा पोख्रेल
सुनसरी, २५ मंसिर । सुनसरीको इटहरी उपमहानगरको दिवा खाजा दिने कार्य आइतबारदेखि शुरु भएको छ । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले राष्ट्रिय माबी आपगाछिबाट खाजा दिने कार्यको शुभारम्भ गरेका छ्न । यो गरिब तथा जेहेन्दार विद्यार्थीको लागि यो राम्रो र स्वागत योग्य काम भएको बताइएको छ । गरिब विद्यार्थीहरु दिउँसो टिफिन समयमा भोक लागेर खाजा खान भनेर घर गइ फेरि स्कुल फर्केर नआउदा पढाइमा बाधा पुगेर विद्यार्थी कमजोर हुने समस्या धेरै हदसम्म कम हुन्छ ।
मेयर पौडेलले यस कामको लागि सहयोग गर्ने कार्यपालिका सदस्यहरुलाइ धन्यवाद त दिए नै त्यो भन्दा बढी ति नालायक कठपुतली कार्यकारी मेहेतालाइ धन्यवाद दिए जस्ले सबै काममा ‘ह’ मा ‘ह’ मिलाउने गरेका छ्न । यो राम्रै काम गरेपनी कतिको टिकाउ हुने हो भन्नेमा शंका छ । हाम्रो कामना के छ भने ती गरिब सा-साना नानिहरु दिउँसो भोका नहुन् । यो भन्दा अघि सबै सरकारी बिद्यालयका ५ कक्षासम्मका विद्यार्थीहरुलाइ प्रती विद्यार्थीहरुलाइ रु १५ खाजा सिधै स्कुलले खुवाएर पछि पालिकाले स्कुललाइ भुक्तानी दिने गरेको थियो । यो बर्ष देखि इटहरी उपमहानगरले सिधै ठेक्का मार्फत दिवा खाजा खुवाउने निर्णय गरि आजबाट सुरु भएको छ ।
इटहरी उपमहानगर पालिका भित्रका ३६ वटा स्कुल र २ वटा मदर्सा स्कुलका कक्षा ६ सम्मका ८०२८ विद्यार्थीका लागि दैनिक खाजा समय १.३० बजे एकैपटक सबै स्कुलमा खाजा ठेकेदारले पुर्याउने छ । इटहरीको एरिना पार्टी प्यालेस ब्याङ्केटले ५६२८०४१४। मा ठेक्का लिएर ८०२८ विद्यार्थीहरुलाइ दैनिक खाजा पुर्याउनु पर्छ । महिनामा २२ दिन खाजा दिने भनी सम्झौता भए अनुसार प्रती विद्यार्थी ५३.११ रुपैया बराबरको खाजा दैनिक खुवाउनु पर्ने सम्झौता उल्लेख छ ।
खाजा खुवाउने सम्झौता अनुसार आइतबार तीन किसिमका फलफूल कम्तिमा २१० ग्राम , सोमबार भुटेको अन्डा र चिउरा साकाहारिलाइ मटर पनिर र चिउरा , मंगलबार गेडागुडी मिक्स र चिउरा , बुधबार चामलको खिर र तरकारी , बिहिवार दहि चिउरा र तरकारी , शुक्रबार कुखुरा/ खसिको मासु र चिउरा साकाहारिको लागि मटर पनिर र चिउरा दिने सेड्यूल बनाएको छ । त्यसो गर्दा २२ दिनको ८०२८ विद्यार्थीको लागि १७६६१६ आइटम हुन्छ । रु ४७ मा भ्याट रु ६.११ जोडेर ५३.११ प्रती विद्यार्थीको हिसाब गरि ठेकेदारलाई भुक्तानी नगरपालिकाले गर्छ । ९ करोड जति खाजा दिने रकम कबोल गरेपनी ५६२८०४१४ मा खुवाउने भएको हो ।
दिवा खाजाको पहिलो दिन आपगाछिको राष्ट्रिय माबिबाट उद्घाटन गरेर सुरु गरेको दिवा खाजा इटहरी १५ को सम्भुनाथ माबिमा छताछुल्ल भएको छ । संभुनाथ माबिमा कक्षा ६ सम्मका १७४ विद्यार्थीहरुलाइ जम्मा १२१ सुन्तला , ६० स्याउ र ९० कोला ल्याएर खान दिदा कसरी पुर्याउनु ? बरु पहिले सिधै स्कुलबाट खुवाउदा रु १५ मा यो भन्दा धेरै कहिले फलफुल , कहिले हलुवा , कहिले खिचडी , कहिले चना चिउरा र कहिले बिस्कुट दिने गरेको थियो भन्ने स्कुलबाट थाहा भएको छ । स्याउको दानालाइ ३ भाग लगाएर १ भाग एकजना विद्यार्थीको भाग लगाउनुपर्छ । अर्को कुरा सबै स्कुलबाट ८०२८ विद्यार्थीको डाटा लिएर त्यही बमोजिक खाजा दिने ठेक्का दिने निर्णय गरेको रहेछ । तर प्रतेक दिन ८०२८ नै विद्यार्थी आउछ्न भन्ने कुन ज्योतिषीलाई थाहा भयो ? प्रतेक दिन स्कुलमा ८०२८ विद्यार्थी उपस्थिति भएर खाने खाजाको ठेक्का हो यो जुन सम्भब हुदैन किनकी गाउका विद्यार्थी आधा भन्दा कम दिन विद्यार्थी स्कुलमा आउछ्न । दैनिक ८०२८ विद्यार्थी आएनन भने के गर्ने ? महिनामा बिद्यालय २२ दिनको भनेको छ । सामान्यतया महिनामा ४ शनिबार कटाउदा २५ या २६ दिन बाकी रहन्छ । बाँकी २/३ दिन के गर्ने ? सुक्रबार टिफिन पछि १ पिरियड पढाइ भएर छुट्टी हुन्छ । त्यो दिन मासु चिउरा खुवाउने अरे जुन दिन छिट्टै घर जान्छ्न । २२ दिन स्कुल लागेन या बढी दिन लाग्यो भने के गर्ने ? महिनामा ४ दिन शनिबार बिदा भयो अनि ४ दिन चाहिँ के बिदा छुट्याएको हो ? कि त्यो चार दिन खाजा खुवाउने हो कि होइन ? ८०२८ नै विद्यार्थी आए भनेर कसरी पुष्टि गर्ने ? सबै ३८ वटै स्कुलमा एकैपटक एउटैसमयमा खाजा दिन सक्ने ल्याकत सप्लायर्सले सकेपनी स्वच्छ र सफा हुनेमा संका छ ।
कति विद्यार्थीले खाए भन्ने रेकर्ड राख्ने या हाजुरिलाइ मन्यता दिने बिद्यालयबाट नै हो भने उनिहरुको मुखमा पानी आउदैन भन्ने के ग्यारेन्टी छ ? यता स्कुल ब्यबस्थापन गर्नेहरु असन्तुष्ट छ्न । बरु हामी नै खुवाउन सक्थौ अरु थप रु १५ मा १० थपेर २५ बनाएको भए । २५ दिन नसक्ने तर ठेक्कामा ५३ दिन चाहिँ सक्ने कस्तो सोच हो ? खाजा खुवाउने उदेश्य नितान्त राम्रो बिचार हो भने खाजा खुवाउने बाहानामा कमिशन खाएर ती अबोध नानिहरुको भाग खोस्ने दाउ हो भने ती अबोध नानिहरुको आत्माले सराप्छ ।




