यस्तो छ पशुपति क्षेत्रमा शतबीज छर्नेको भिड (तस्वीर/भिडियो)

काठमाडौं, २५ मंसिर । काठमाडौको पशुपति क्षेत्रमा आइतबार रातिदेखि दर्शनार्थीको भिड छ।

रातभर बत्ती बालेर जाग्राम बसेका दर्शनार्थी भक्तजनले अहिले बिहानैदेखि बागमती नदी किनारदेखि कैलाश डाडा,गुहेश्वरी,गौरीघाट लगायत क्षेत्रमा शतबीज छरिरहेका छन् ।

देशका विभिन्न भागबाट राजधानी आएका श्रद्धालु भक्तजनको मार्गशीर्ष कृष्ण त्रयोदेशीको बिहानैदेखि पशुपति क्षेत्रमा लागेको भीड आज बालाचतुर्दशीको बिहान सम्म उस्तै छ । बत्ती बाल्न बसेका र अन्य जात्रा हेर्न आएकाले रातभर भजन चुट्का सहित विभिन्न गीत गाएर रमाइलो गरेका थिए।

जाडोको मौसम भएपनि खुल्ला आकाशमुनि रातभर जाग्राम बस्नेहरूले बिहानै बागमतीमा बत्ती सेलाएर नुहाउने र शतबीज छर्ने गरेका छन् । अहिले पशुपति क्षेत्रमा सुरक्षाकर्मीलगायत स्वयंसेवकको बाक्लो उपस्थिति रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय