पशुपति क्षेत्रमा भक्तजनको भिड (भिडियो सहित)

काठमाडौं, २४ मंसिर । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसर र आसपासको क्षेत्रमा श्रद्वालुहरुको भिड लागेको छ।

आफ्ना दिवङ्गत पितृहरुको संझनामा आज मार्ग कृष्ण त्रयोदशीको साँझ दीप बालेर रातभर जाग्राम बस्ने र भोलि चतुर्दशीको विहान दीपलाई बागमतीमा सेलाउने गरिन्छ।

बाला चतुर्दशीको बिहान बागमती स्नान गरी शतबीज छर्न देशभर र भारतबाट समेत श्रद्धालु भक्तजनहरु यहाँ आइपुगेका छन् । पशुपति क्षेत्र विकास समितिले भक्तजनको लागि दिप बाल्ने र शतबिज छर्ने स्थानमा ब्यवस्थित बनाउन आग्रह गरेको छ।

साथै शतबीज छर्न पशुपति वरिपरि,कैलाश डाडा,गुहेश्वरी र बागमती किनारको स्थान तोकिदिएको छ।

भिडियो:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय