प्रचण्ड सचिवालयमा खटपट,प्रमुख राजनीतिक सल्लाहकार गजुरेलद्वारा राजीनामा

काठमाडौं,२४ मंसिर । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री प्रचण्ड र उनको सचिवालयसंग समेत असन्तुष्ट रहेका गजुरेलले २० गते नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएको भएपनि हालसम्म स्वीकृत भने नभएको स्रोतले बतायो। एकाएक किन राजीनामा दिए ? भन्ने कारण नखुलेपनि प्रधानमन्त्रीको कार्यशैली र पार्टीमा हावी हुँदै गएको गलत प्रवृत्ति कारण हुनसक्ने उनी निकटको बुझाइ छ।

यसबारे गजुरेलले राजिनामा स्वीकृत भएपछि बिस्तृत कुरा खुलाउने बताएका छन् । ‘मैले बाध्यताले राजीनामा दिएको होइन । अन्य कारणले राजीनामा दिएको हो । यसबारे अरु कुरा पछि जानकारी गराउँछु’, उनले भने ।

गजुरेल २०७९ माघ ९ गते मन्त्री सरह सेवा सुविधा पाउने गरी प्रचण्डले प्रमुख सल्लाहकारमा नियुक्त गरेका थिए । नेकपा विभाजनदेखि नै प्रचण्डसँग असन्तिुष्टि जनाउँदै आएका गजुरेल सिन्धुली–२ लेखनाथ दाहाललाई टिकट दिएपछि थप चिढिएका थिए ।

सल्लाहकारमा भूमिका बिहिन बनाइएकोमा पनि असन्तुष्ट थिए । आफ्नो राजीनामा पुष्टि भएको नभएकोबारे आफुलाइ कुनै जानकारी नभएको पनि उनले बताए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय