दाईँ गर्न राखिएको धानमा आगजनी

चन्द्र पौडेल/मोरङ

मोरङ,२४मंसिर।मोरङको बेलबारी नगरपालिका -७ बाहुनी,डागीटोलमा दाइँ गर्न (थ्रेसिङ) खलोमा राखिएको धानको भारीमा अज्ञात समूहले आगजनी गरेको छ ।

दाइँ गर्न तयारीमा राखिएको स्थानीय घुरन चौधरीको धानको भारी (कुन्यु) मा आइतवार बिहान  करिव ४:२० बजे आगजनी भएको स्थानियहरुले बताए ।

आगलागीबाट १५ कठ्ठामा उब्जनी गरिएको रन्जित धान झन्डै ३० क्विन्टल जलेर नष्ट भएको पीडितले जानकारी दिएका छन् ।

आगलागी भएको झण्डै ५ घण्टापछि  स्थानिय,सशस्त्र प्रहरी बलको सहयोगमा आगो नियन्त्रणमा आए पनि धान जलेर पुर्न रुपमा नष्ट भएको स्थानिय होम खड्काले जानकारी दिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय