यु१९ एसिया कप: नेपालले आज अफगानिस्तानसँग खेल्दै

काठमाडौं, २४ मंसिर । युएईमा जारी एसिसी यु१९ एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ ।
खेल आइसिसी ओभल २ मा विहान सवा ११ बजेदेखि सुरु हुने छ । खेलको एसियन क्रिकेट काउन्सिलले आफ्नो युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गर्ने छ सअघि
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । आजको खेलमा जीत निकाल्दै नेपाल सेमिफाइनलको सम्भावना जीवितै राख्न चाहन्छ ।
नेपाल अघिल्लो महिना भएको यु१९ प्रिमियर कपको विजेता बन्दै एसिया कपमा छनौट भएको थियो । उपविजेता युएई र तेस्रो स्थानको जापान पनि छनौट भएका छन् ।
नेपालको समूहमा पाकिस्तानसँगै भारत र अफगानिस्तान छन् । नेपालले तेस्रो खेल भारतसँग खेल्ने छ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने छन् ।

