सन्दीप लामिछानेको मुद्दामा आज फैसला आउन सक्ने !
दुबै पक्षले 'बहस नोट' बुझाए
काठमाडाैं, २४ मंसिर । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज फैसला आउन सक्ने देखिएको छ । अदालतको माग बमोजिम दुवै पक्षले बहस नोट अदालतमा बुझाइसकेका छन् । अदालते गत २३ कातिकमा दुबै पक्षलाई २२ मंसिर भित्र बहस नोट बुझाउन आदेश दिएको थियो। सोही अनुसार गत शुक्रबार बहस नोट बुझाइएको थियो।
न्यायाधीश केशव घिमीरेको इजलासले दुबै पक्षलाई २२ मंसिरभित्र बहस नोट बुझाइसक्न आदेश दिएअनुसार बहस नोट फाइल गरिएको र बहस नोट बुझाएको दुई दिन पछि आज आइतबार अर्थात २४ मंसिरमा अर्को पेशी तोकेको थियो । दुवै पक्षका कानुन व्यवसायीले लिखित रुपमा बहस नोट अदालत समक्ष प्रस्तुत गरेसँगै अब सन्दीपको बलत्कार मुद्दाले किनारा पाउने देखिएको छ।
सन्दीप लामिछानेको मुद्दामा यसअघि काठमाडौं जिल्ला अदालतले विभिन्न प्रमाणित कागजातहरु माग गर्दै आएको भएपनि गत २३ कातिकमा भने बहस नोट माग गरेको हो। लगातार विभिन्न बहानामा सन्दीपको मुद्दामा सुनुवाइ सर्दै आएको छ।
मुद्दाको सुनुवाइ सर्ने र अदालतले पेशी मात्रै तोक्ने अवस्थाले सन्दीप र उनका समर्थकको मन दुखाएको छ। क्रीकेटर लामिछानेका विरुद्ध ‘गौशाला-२६’ नामकी युवतीले मुद्दा दायर गरेकी थिइन।

