यु१९ एसिया कपमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

काठमाडौं, २२ मंसिर । युएईमा आजदेखि सुरु भएको एसिसी यु१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । पाकिस्तानले नेपाललाई ७ विकेटले हराएको हो ।

नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । पाकिस्तानका लागि अजानले अविजित रहँदै ५६ रन बनाए भने कप्तान शाद बेगले ५० रन बनाए । मोहम्मद जिशान २० रनमा अविजित रहे । नेपालका गुल्शन झाले २ विकेट लिँदा आकाश चन्दले १ विकेट लिए ।

त्यसअघि आइसिसी ओभल २ मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई १५३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । नेपालले ४७.२ ओभरमा सबै विकेट गुमाएर १५२ रन बनायो ।

नेपालका लागि उत्तम थापा मगरले सर्वाधिक ५१ रन बनाए । त्यस्तै दिपेश कँडेलले ३१ रन बनाए भने ओपनर अर्जुन कुमालले २१ रन बनाए । कप्तान देव खनाल भने १३ बल खेल्दै शून्यमै पेभेलियन फर्किएका थिए ।

पाकिस्तानका लागि मोहमद जीशानले ९.२ ओभरमा १९ रन दिएर ६ विकेट लिए । त्यस्तै अमिर हसनले १० ओभरमा १५ रन दिएर २ विकेट लिए । उबेद साह र अली असफन्दले १-१ विकेट लिए ।

नेपालले अब दोस्रो खेलमा पर्सि अफगानिस्तानसँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय