१९ वर्षमूनिको एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दै

काठमाडौं, २२ मंसिर । युएईमा आजदेखि सुरु हुन लागेको एसिसी यु१९ एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दै छ । समूह ए मा रहेको नेपालले टेस्ट राष्ट्र पाकिस्तानसँग खेल्द लागेको हो ।
खेल आइसिसी ओभल २ मा विहान सवा ११ बजेदेखि सुरु हुने छ । खेलको एसियन क्रिकेट काउन्सिलले आफ्नो युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गर्ने छ ।
नेपाल अघिल्लो महिना भएको यु१९ प्रिमियर कपको विजेता बन्दै एसिया कपमा छनौट भएको थियो । उपविजेता युएई र तेस्रो स्थानको जापान पनि छनौट भएका छन् ।
नेपालको समूहमा पाकिस्तानसँगै भारत र अफगानिस्तान पनि छन् । नेपालले दोस्रो खेल अफगानिस्तान तथा तेस्रो खेल भारतसँग खेल्ने छ । शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने छन् ।

