नेपालमा दर्ता हुने टिकटकको पत्र

काठमाडौं, २१ मंसिर । नेपालमा दर्ताको हुने आशयका साथ टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ईमेल पठाएको छ ।

स्रोतका अनुसार सरकारले प्रतिबन्ध लगाएपछि टिकटकले दर्ताका लागि औपचारिक पत्र पठाएको हो ।’सामाजिक सञ्जाल नियमन निर्देशिका आउनु राम्रो पक्ष हो भनेर टिकटकले प्रशंसा गर्दै ईमेल पठाएको छ,’ मन्त्रालय स्रोतले भनेकोछ-‘ईमेलमा दर्ताको सम्बन्धमा दुई/तीन ओटा बुँदामा प्रश्न उठाएको छ ।’

मन्त्रालयका अनुसार ईमेल हेर्दा उनीहरूको आशय नेपालमा दर्ता हुन चाहेको भन्ने देखिन्छ । अहिले टिकटकमाथि प्रतिबन्धको विषय अदालतमा विचाराधीन रहेकाले सरकारले जवाफ नफर्काउने मन्त्रालय स्रोतले बतायो।

अन्य प्लेटफर्मलाई सूचीकरण गर्नेबारे छलफल गर्ने भए पनि अदालतबाट टिकटकका सन्दर्भमा अन्तिम निर्णय नआएसम्म सो प्लेटफर्मसँग आधिकारिक कुरा नहुने मन्त्रालय स्रोतको भनाइ छ ।

२७ कात्तिकमा सरकारले सामाजिक सद्‌भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा १४ ओटा रिट दर्ता भएका छन् ।ती रिटउपर मंगलबार पूर्ण सुनुवाइको पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय