बेलबारीमा एक युवा झुन्डिएको अवस्थामा मृत फेला

मोरङ, मंसिर २०। बेलबारी नगरपालिका -७ बाहुनी स्थित झुण्डिएर आत्महत्या गरेका छन् । बुधबार बिहान गोर्खा भिमसेनथापा गाउँपालिका २ घर भई हाल बाहुनी डेरामा बस्दै आएका १८ वर्षीय उज्जवल लामिछाने मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
बाहुनी बजार स्थित मृतकका दिदिले होटल संचालन गर्दै आएकि र केहि दिन अघि मात्र भाईलाई सघाउन बोलाएको स्रोतले जानकारी दिए ।
भाडामा बस्ने लामिछाने बुधबार बिहान ६:३० झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । घटनाको अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालयका इन्सपेक्टर तेज बहादुर दाहालले जानकारि दिए ।
प्रारम्भीक अनुसन्धानबाट आत्महत्याको कारण भने खुल्न सकेको छैन । मृतकको शव पोर्समाटमका लागि कोसी अञ्चल अस्पतालमा लगिएको दाहालले बताए ।

