गृहमन्त्री श्रेष्ठलाई भेट्न प्रधानमन्त्री गङ्गागाल अस्पतालमा

काठमाडौं, २० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न अस्पताल पुगेका छन्।
मुटुमा समस्या देखिएपछि एन्जियोप्लास्टी गरिएका श्रेष्ठलाई भेट्न प्रधानमन्त्री प्रचण्ड विहानै गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा पुगेका हुन् ।
त्यसक्रममा प्रधानमन्त्रीले गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका छन् । उनको स्वास्थ्य अवस्था अहिले स्थिर छ ।

