यु१९ एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाई

काठमाडौं, २० मंसिर । शुक्रबारदेखि युएईमा सुरु हुने यु-१९ एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ । मङ्गलबार नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रमका बीच क्यानले बिदाई कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, खेलकुद मन्त्री डिगबहादुर लिम्बु लगायतको उपस्थिति थियो ।
‘यू१९ एसिया कप नेपालको लागि विश्वकपको लागि अनुभव हो । नेपालको सिनियर टोलीको बेन्च स्ट्रेन्थको रुपमा सधैं यू१९ रहँदै आएको छ । यो रेकर्ड बनाउने अवसर पनि हो । हरेक खेलमा शून्यबाट सुरु गर्नुपर्छ । यू१९ टोलीले नेपाली क्रिकेटमा सबैभन्दा बढी इतिहास रचेको छ’, पारस खड्काले बिदाईमा भने ।
कप्तान देव खनालले तयारी राम्रो भएको बताए । ‘तयारी सबै राम्रो भयो । सिनियरले जस्तै राम्रो गर्दै मोमेन्ट्सलाई निरन्तरता दिने छौं । पछिल्ला दुई प्रतियोगिता विश्वकप छनोट र यू१९ प्रिमियर कपमा जस्तै प्रदर्शन गरेर फर्किने छौं’, देवले भने ।
मुख्य प्रशिक्षक देव खनालले भारत र पाकिस्तानसँग खेल्न उत्साहित रहेको बताए । ‘दुई हप्ता भन्दा बढी समय देखी मिहिनेत गरेका छौं । हरेक दिन ७ घन्टा मैदनमा बिताएका छौं । भारत, पाकिस्तान र अफगानिस्तानसँग खेल्न उत्साहित छौं । यसअघि पनि टेस्ट टोलीलाई हराएका छौं’, टमाटाले भने ।
मंसिर २२ देखी पुष १ सम्म चल्ने प्रतियोगितामा नेपाल समूह ए मा भारत, पाकिस्तान र अफगानिस्तानसँगै छ । समूह बी मा बंगलादेश, श्रीलंका, जापान र युएई छन् । शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने छन् ।

