टिकटक माथीको प्रतिबन्ध हट्न सक्छ-प्रधानमन्त्री


काठमाडौ,१८मंसिर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल टिकटक खुला गर्न आफू सकारात्मक रहेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दल र सत्ता पक्षकै दलहरुको चाहनाअनुसार सरकारले टिकटकमाथि तत्कालका लागि प्रतिबन्ध लगाएको भन्दै यसमा लगाइएको प्रतिबन्ध हटाउन आफू लचक रहेको दाबी गरे ।’अब नियमन गर्न पनि सकिन्छ’, सोमबार मूलधारका मिडियाका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्रीले भने, ‘बिल तयार हुँदैछ कहीँ कतै करेक्सन गर्न सकिन्छ भने गरिन्छ ।’

उनले अदालतले पनि सरकारकै पक्षमा प्रारम्भिक निर्णय गरेको आफ्नो बुझाइ रहेको बताए । उनले आफ्नो घरमै पनि टिकटकको लत रहेको उल्लेख गर्दै कतिपयले यो निर्णयप्रति सरकारलाई धन्यवाद पनि दिएको धारणा राखे ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय