रुसी सेनामा कार्यरत ६ नेपालीको निधन: परराष्ट्र मन्त्रालय

काठमाडौं, १८ मंसिर । परराष्ट्र मन्त्रालयले रूसी सेनामा कार्यरत ६ जना नेपाली नागरिकको निधन भएको बताएको छ। सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले ६ नेपाली नागरिकको निधन भएको जानकारी प्राप्त भएको उल्लेख गरेको हो।

‘रूसमा हालै ६ जना नेपाली नागरिकहरूको रूसी सेनामा कार्यरत रहँदा निधन भएको जानकारी यस मन्त्रालयलाई प्राप्त भएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।रूसी सेनामा कार्यरत रहँदा निधन भएकाहरूको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारले पहल गरिरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘नेपाल सरकारले रूसी सरकारलाई निजहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन अनुरोध गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयका अनुसार गोरखाका सन्दिप थपलिया, बाणगंगा १ कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाको पुतलीबजार ५ का पितम कार्की, मेलुङ्ग ६ दोलखाका राजकुमार रोका र इलाम ५ का गंगाराज मोक्तानको निधन भएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय