पश्चिमका हिमाली भेगमा हिमपात, देशभर आज चिसो बढ्यो

काठमाडौं, १८ मंसिर । सोमबार देशभरको मौसम बदली भएको छ । आज विहानैदेखि घाम लागेको छैन भने देशका धेरै स्थानमा चिसो बढेको छ ।
पश्चिमका केही ठाउँमा वर्षा र हिमपात पनि भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भेगमा हल्का वर्षासहित हिमपात भएको हो ।
पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमबाट शुरु भएको बदली पूर्वतिर सरिरहेको छ ।
बेलुकीदेखि मौसम खुल्दै जाने महाशाखाले जनाएको छ ।

