हेल्प पोष्ट : दुर्घटनामा परेकी महिलाको मृत्यु

काठमाडौ,१७मंसिर।काठमाडौ गोकर्णेश्वर स्थित जोरपाटी नारायणटारमा केही दिन अगाडी दुर्घटनामा परेकी महिलाको मृत्यु भएको छ।
अझै सम्म पहिचान खुल्न नसकेको ती महिलाको केही दिन अगाडि दुर्घटना भएको थियो। त्यसदिन देखिनै प्रहरीले उनको आफन्तको खोजी गरेपनी अहिलेसम्म पत्ता लागेको छैन।
दुर्घटनामा पर्ने बित्तिकै स्थानीयको सहयोगमा शंखरापुर हस्पिटलमा उपचार गरिएको र त्यहाँबाट नेपाल मेडिकल कलेजमा पठाइएको थियो।प्रारम्भिक सूचनामा उनको घर सिन्धुपाल्चोक हुन सक्ने भनिएपनी कुनै आफन्त नभेटेपछि प्रहरी समेत खोजतलासमा सक्रिय छ।
हाल ती महिलाको शव नेपाल मेडिकल कलेजमा नै रहेको र कसैले चिनेमा खबर गर्न आग्रह गरिएको छ।

