त्रिभुवन विमानस्थलभित्र यात्रुको ह्‍यान्डब्यागमा आगो

काठमाडौं, १७ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । ब्यागभित्र भएको मोबाइल चार्ज गर्ने पावरब्याङ्क पड्किएर आगो लागेको हो ।

एयर चाइनाको जहाजबाट चीन जान लागेका यात्रु बोर्डिङ पास लिएर प्रतिक्षालयमा आइप्याड चलाएर बसिरहेका थिए । त्यसैक्रममा आइप्याड चार्ज गरिरहेको पावरब्याङ्क पड्किएको थियो ।

त्यसपछि ब्यागमा लागेको आगो ड्युटीमा रहेका प्रहरी र विमानस्थलका कर्मचारीहरु मिलेर निभाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष साहले जानकारी दिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय