फागुन १ गते ‘राजा’कै हातबाट दियो बालेर परिवर्तनको घोषणा गर्ने प्रसाईंको दाबी

काठमाडौं, १७ मंसिर । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’का अध्यक्ष दुर्गा प्रसाईंले आगामी फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट दियो बालेर परिवर्तनको घोषणा गर्ने दाबी गरेका छन् ।

त्यस्तै उनले यही मंसिर ३० गतेभित्र ‘नागरिक सरकार’ गठन गरी गाउँदेखि केन्द्रसम्म विस्तार गरिने दाबी गरेका छन्। आइतबार विहान पत्रकार सम्मेलन गरी प्रसाईंले नागरिक सरकार गठनको मिति घोषणा गरेका हुन्।

प्रसाईंले पत्रकार सम्मेलनमा प्रसाईंले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने दाबी गरे । ‘वैदिक सनातन सापेक्ष मुलुक बनाई देसमा शान्ति र अक्षूण राख्न राजसंस्थाको मुद्दालाई थप स्थापित गराउने छौँ’, उनले भने, ‘फागुन १ गते मेचीमा बालेको दियो काठमाडौँको वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र बनाई यो जनविद्रोह सशक्त बनाउँदै व्यवस्था परिवर्तनका लागि मूर्त रूप दिनेछौँ।’

फागुन १ बाट व्यवस्था परिवर्तनको आन्दोलनले गति लिने दाबी प्रसाईंले गरेका छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय