तनहुँमा दुर्घटना हुँदा श्रीमतीको मृत्यु,श्रीमान र २ छोरा घाइते

काठमाडौ,१७मंसिर।तनहुँमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा पत्नीको मृत्यु र श्रीमान सहित २ छोरा घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अुनसार भीमाद नगरपालिका–९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको ट्रकको ठक्करबाट मृत्यु भएको हो।
दमौलीबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइकललाई ट्रकले म्याग्दे गाउँपालिका–६ मौरीबजारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक विकका श्रीमान् रामचन्द्र विक, छोरा तीन वर्षीय छोरा सुमन र छ वर्षीय गुराँस घाइते भएका छन्। घाइते तीनै जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ। रासस

