नेपाल सुपर लिगमा धनगढी र ललितपुरको बराबरी

काठमाडौं, १६ मंसिर । काठमाडौंमा जारी दोस्रो संसकरणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले बराबरी खेलेका छन् । शनिबार साँझ भएको खेलमा धनगढी र ललितपुरले गोलरहित बराबरी खेलेका हुन् ।
खेल अवधिभर दुवै टोलीले गोल गर्ने थुप्रै अवसर गुमाएका थिए । यस बराबरीसँगै धनगढी ३ खेलमा ७ अंक जोडेर शीर्षस्थानमा यथावत् छ भने ललितपुरले ३ खेलमा ५ अंक जोड्दै दोस्रो स्थानमा छ ।

