भारत र अस्ट्रेलिया बीचको चौथो टी-२० खेल आज

काठमाडौं, १५ मंसिर । भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टी-२० क्रिकेट श्रृंखलाअन्तर्गत चौथो खेल आज हुँदै छ । राइपुरमा साँझ सवा ७ बजेदेखि खेल सुरु हुने छ ।

श्रृंखलामा भारत २-१ ले अगाडि छ । गत बिहिबार भएको पहिलो खेलमा भारतले अस्ट्रेलियाविरुद्ध अन्तिम बलमा २ विकेटको रोमाञ्‍चक जीत हासिल गरेको थियो । त्यस्तै आइतबार भएको दोस्रो खेलमा भारत ४४ रनले विजयी भएको थियो ।

तेस्रो खेलमा भने ग्लेन म्याक्सवेलको शानदार शतकीय पारीमा अस्ट्रेलियाले २२३ रनको लक्ष्य पूरा गर्दै श्रृंखला जीवितै राखेको थियो । म्याक्सवेलसहित मार्कस स्टोइनिस, जोश इङ्लिस, स्टिभ स्मिथ, एडम जाम्पा, शन एबट अब भने अस्ट्रेलिया फर्किसकेका छन् ।

अस्ट्रेलिया आजको खेलमा पनि जीत निकाल्दै श्रृंखलामा बराबरी गर्ने सोचमा हुने छ । भारत भने आजको खेल जित्दै अन्तिम खेल अगावै श्रृंखला जित्‍ने दाउमा हुने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय