दुर्गा प्रसाईंले आफ्नै सरकार घोषणा गर्ने, प्रधानमन्त्री बन्‍ने !

काठमाडौं, १४ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा सरकार घोषणा गर्ने तयारी गरेका छन् । प्रसाईं समूहले आउँदो मंसिर ३० गते ‘नागरिक सरकार’ घोषणा गर्ने तयारी गरेको हो ।

उक्त नागरिक सरकारको नेतृत्व गर्दै प्रसाईं आफैं प्रधानमन्त्री बन्‍ने स्रोतको दाबी छ । यस ‘नागरिक सरकार’ले पुराना दलहरूको विरुद्धमा कार्यक्रम गर्ने छ ।

मंसिर ७ गते सुरु भएको प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को काठमाडौँ केन्द्रित कार्यक्रम सकिएको र अब जिल्ला केन्द्रित आन्दोलन गर्ने बताइएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय