नेपालमा चूनौति बढ्दै गएपछि एनसेलबाट बाहिरियो आजियाटा

काठमाडौं, १३ मंसिर । दूरसञ्चार कम्पनी एनसेलमा लगानी गरेको मलेसियन कम्पनी आजियाटा ग्रुपले एनसेलबाट बाहिरिने निर्णय गरेको छ । नेपालमा चूनौति बढ्दै गएको भन्दै बाहिरिने निर्णय गरेको एक विज्ञप्ति जारी गर्दै आजियाटाले जनाएको छ ।
पछिल्लो समयमा एनसेलको आम्दानी घट्दै गएको छ । त्यस्तै ग्राहक पनि घटेका छन् । २०७९ चैतमा १ रकोड ३४ लाख ग्रहाक रहेकोमा २०८० असारमा आउँदा १ करोड ३२ लाखमा सिमित भएका छन्। अर्थात ३ महिनामा २ लाख ग्राहक घटेका थिए।
एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले आजियाटालाई १ अर्ब ३० करोड मलेसियन रिंगिट खुद घाटा रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
२०७२ मा टेलिया सोनराको सेयर खरिद गरी आजियाटा नेपालमा भित्रिएको थियो ।

