पोखरा अब पर्यटकीय राजधानी !

पोखरा (फाइल तस्विर)

काठमाडौं, १३ मंसिर । सुन्दर नगरी पोखरालाई पर्यटकीय राजधानी बनाउन अध्ययन समिति गठन भएको छ। गण्डकी प्रदेश सरकारको अगुवाइमा पोखरालाई पर्यटकीय राजधानी बनाउन अध्यन समिति बनाइएको हो ।

प्रदेश सरकारले यसअघि संघीय सरकारलाई दुईपटक सम्म सिफारिस गरिसकेको थियो। पुर्व मुख्यमन्त्रीहरु पृथ्वीसुब्बा गुरुङ र कृष्ण चन्द्र नेपालीको कार्यकालमा संघीय सरकारलाई सिफारिस गरेपनी अध्ययन समिति भने हालका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पहलमा बनेको हो।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा समिति गठन गरेको हो । अध्ययन समितिमा ११ जना सदस्य छन्। समितिको सदस्यहरूमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव, पोखरा महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, पोखरा पर्यटन परिषद्का अध्यक्ष, पोखरा महानगर पर्यटन विकास समितिका उपाध्यक्ष रहेका छन्।

त्यस्तै, पर्यटन विज्ञका रूपमा डा.रामजी शर्मा, वासुदेव त्रिपाठी सदस्यका रूपमा राखिएका छन् भने जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि, पर्यटक प्रहरी कास्की प्रमुख र नेपाल पत्रकार महासंघ, कास्कीका प्रतिनिधि सदस्य रहने जनाइएको छ। समितिलाई ३० दिनको समयसीमा तोकिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...