दलहरूलाई लाज लाग्नुपर्ने होइन ? दुर्गा प्रसाईं टाउको दुखाइ भैसके !

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका नेता एवं पुर्व महासमिति सदस्य परशुराम पोखरेलले लोकतन्त्रको लागी लडेका दलहरूलाई अहिले एकजना व्यवसायी दुर्गा प्रसाईं भारी भएको टिप्पणी गरेका छन् ।

२०६२/०६३ को आन्दोलनको सुरुवाती दिनमा आफुहरु थोरैले त्यो आन्दोलन सुरु गरेको र बढ्दै गएर लोकतन्त्र स्थापना सम्म पुगेको स्मरण गर्दै पोखरेलले सामाजिक संजालमा लेखेका छन्-‘सरम लागेको छ कि छैन नेताहरूलाई ? सातौं दिन पनि दुर्गा प्रसाईंले आन्दोलन गर्ने भए।’

तत्कालीन अवस्थामा कांग्रेसको क्षेत्रीय सभापति, आन्दोलनका निम्ति केन्द्रिय स्वस्थ्य विभाग संयोजक र चाबहिल मोर्चामा अग्रपंक्तिमा उभिएका पोखरेलले भनेका छन्- ‘२०६२-०६३ मा जम्मा ६ जना थियौं हालको काठमाडौ महानगरपालिका पुरानो भवन अगाडी धादिङका हरी अधिकारी, तरूण दलकी दुर्गा थापा र म सहित कुनै दिन यति ठुलो पार्टीको तर्फबाट दौडँदै गएर कालो झन्डा देखाएका थियौं । नेताहरूले बिर्सन भएन दललाई चिठ्ठा परेको थियो भनेर ।

एउटा दुर्गा प्रसाईं कांग्रेस, एमाले, माओवादी गणतन्त्र ल्याउने ठुला दललाई अहिले फलामको भारी भयो । टाउको दुखाई भयो । म गणतन्त्र ल्याउन हिँडेको मान्छे जनताको अधिकार जनतामै हुन पर्छ भनेर १७ वर्षको उमेरमा २०३६ सालको जनमत संग्रहमा सुन्दरीजल, नयापाटीको अध्यक्ष बनेर काम गरें ।सबै दलका नेताले राम्रा पदलाई लिलाम बढाबढ जस्तो गरेर बिक्रिमा राखे । पार्टीका पद आसेपासे, चाटुकदार अनि मसल्स र मनी जो सँग छ त्यसैलाई दिए । सरकारी सम्पति बाँडफाँडलाई निजी कम्पनिको सेयर जस्तै गरेर दलिय भागबन्डा गरे।स्थानिय सरकारहरूमा लुट मच्चिएको छ । त्यसमा पनि दलका नेताहरू प्रतिशतको हिसाब लिन्छन् रे भन्ने सुनिन आएको छ । यो सब हेरेर बसेका जनता तीव्र असन्तुष्टीमा रहेका छन्।’

पोखरेलले दुर्गा प्रसाई असल मानिस पक्कै हैनन भन्दै अगाडी लेखेका छन्- ‘माओवादीलाई २०६४ को चुनावमा धेरै सिटमा जिताएर सबैभन्दा ठुलो दल बनाएका असल भनेर हो त ? हैन नि । जनताले देश विकासको लागि परिवर्तन खोज्छन् । यसैलै अहिले नयाँ दलहरूको समेत बलियो उपस्थिती रहेको छ । अहिलेको पुलिसको धरपकड ज्ञानेन्द्र शाहको समयमा जस्तै गरेको देखियो।

नेपालको सबैभन्दा जेठो र उच्च इतिहास बोकेको क्रान्ति र शान्ति दुवै पाटामा सफलता लिएर हिडेको वैभवशाली नेपाली कांग्रेस पार्टी, जन क्रान्ति र मेलमिलापका विचारक वीपी कोइरालाको विचारमा नहिँड्नाले गर्दा थला पर्दै गएको छ।’

वीपी संग्रहालयको संस्थापक अध्यक्ष समेत रहेका पोखरेलले अगाडी लेखेका छन्- ‘अहिले नेपाली कांग्रेसमा धनराज गुरूङ, गगन कुमार थापा, विश्व प्रकाश शर्मा, बद्रीराज पान्डे, जीवन परियार, किसोरसिंह राठौर जस्तै नेपाल विद्यार्थी संघ र तरूणदलका करिब ७५ प्रतिशत यूवानेताहरू मूक दर्शक भएर बस्नु लाजको मर्नु हो। ठुलो दलको सदस्यको नाताले पदिय रूपमा म कुनै ठुलो दर्जामा नभए पनि दुर्गा प्रसाइको अगाडी उभिन लाजले शिर निहुरिएको छ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय