सिन्धुपाल्चोक र भक्तपुर केन्द्र भएर पाँच मिनेटको अन्तरमा दुई भूकम्प

काठमाडौं, १२ मंसिर । सिन्धुपाल्चोक र भक्तपुर केन्द्रबिन्दु भएर मंगलबार बेलुका लगातार दुई भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ८ बजेर ४५ मिनेट जाँदा सिन्धुपाल्चोकको ठुलोपखर आसपास केन्द्र भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

त्यसको पाँच मिनेटमा फेरि अर्को भूकम्प गएको थियो । भक्तपुरको पलाँसे आसपास केन्द्रबिन्दु भएर राति ८ बजेर ५० मिनेटमा ३.२ म्याग्निच्युडको धक्का गएको हो ।

नेपालमा पछिल्लो समय लगातारजसो भूकम्प गइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय