नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल
काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी निकट भ्रातृ संघलाई नेतृत्व दिने अभियान अन्तर्गत नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा ओखलढुंगाका बालकृष्ण दाहाल लाई नियुक्त गरेका छन् ।
सभापति देउवाले मंगलवार दाहाललाई नियुक्त गरेको पार्टी कार्यालयद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ।ओखलढुंगाका कांग्रेस नेता बालकृष्ण दाहाल सहिद लिला दाहालका छोरा हुन् । पन्चायत विरुद्धको आन्दोलनमा लागेका सहिद लिला दाहाललाई जेल सार्ने नाममा तत्कालीन सरकारले गोली हानी हत्या गरिएको थियो।
नेपाली कांंग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार पार्टी सभापति देउवाले दाहाललाई संघको अध्यक्षमा नियुक्त गरेका हुन् । यसअघि उक्त संघ नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको थियो ।
त्यस्तै सभापति देउवाले नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) लाई नियुक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।