के स्वर्णिम बन्दै छन् रास्वपाको उपसभापति ?
काठमाडौं, १२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वर्णिम वाग्लेलाई पार्टीको उपसभापति बनाउने तयारी गरेको छ ।
तनहुँ–१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद वाग्लेलाई उपसभापति बनाउनेबारेमा अहिले छलफल भइरहेको छ ।
रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था अनुसार वाग्लेलाई उपसभापति बनाउन लागिएको स्रोतले जनाएको छ ।
अहिले महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाटै यो निर्णय हुन सक्ने छ ।
त्यस्तै, रास्वपाले ११ जना केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी पनि गरेको छ ।