नेपाली काँग्रेसका युवा नेता कोइरालाको निधन

पोखरा, १२ मंसिर । नेपाली काँग्रेसका युवा नेता लोकेन्द्र कोइरालाको ४८ वर्षको उमेरमा निधन भएको छ । पोखरा-४ निवासी उनको फिस्टेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

हृदयाघातका कारण आज बिहान करिब ८ः२० बजे उनको निधन भएको पोखरा महानगरपालिका- ४ का निवर्तमान वडाध्यक्ष शंकर बास्तोलाले जानकारी दिए ।

उनको आजै अन्त्येष्टि गरिने तयारी भइरहेको बास्तोलाले जानकारी दिए ।

कोइरालाको निधनप्रति नेपाली कांग्रेस कास्कीले दुःख व्यक्त गर्दै कांग्रेसका लागि अपूरणीय क्षति पुगेको जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय