फुपाजु र ठुलोबुबा द्वारा १३ वर्षीया बालिका बलात्कृत

धनकुटा, १२ मंसिर । धनकुटाको लेगुवाकी १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका -५ लेगुवाका ५२ वर्षका रामबहादुर कटुवाल र सोही गाउँका ५० वर्षका गोपाल बस्नेतलाई पक्राउ गरेको हो ।

घरमा एकलै भएको अवस्थामा बसेकि पीडित बालिकालाई नाताले ठुलोबुवा र फुपाजु पर्ने २ जनाले गत कात्तिक ११ र कात्तिक १४ पटकपटक धारिलो हतियार देखाएर जबरजस्ति बालिकाको घरमै थुनेर बलात्कार गरेको पिडितका बुवाले जानकारी दिए । उनका अनुसार हामी खेतीका गएको समयमा पिडित बालिका विध्यालय बाट घर आई घरयासि काम गदै गरेको अवस्थामा साझ करिव ५ बजे तिर करणी गरेको बताए ।

पक्राउ परेका सबैले एकअर्कालाई राम्ररी चिन्ने र एउटै गाउँका भएका कारण बलात्कारको घटना योजनाबद्ध रूपमा घटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

२ जनालाई मुद्दा दर्ता गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले बताए । बालिकाको जिल्ला अस्पताल धनकुटा स्वास्थ्य परीक्षण गरिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय