धुलिखेलमा आगलागी, करिब ३ घण्टापछि आयो नियन्त्रणमा

काभ्रे, १२ मंसिर । काभ्रेको धुलिखेलस्थित एक घरमा आगलागी भएको छ । धुलिखेल नगरपालिका-११ बाँनियाछाप बस्ने बलराम धिमालको घरमा मङ्गलबार विहान चार बजेदेखि लागेको आगो करिब ३ घण्टामा पूर्णरुपमा नियन्त्रणमा आएको छ ।

घरनजिकैको गोठबाट सुरु भएको आगलागीबाट गोठ तथा ढुंगा, माटो र जस्ताले छाएको ३ तल्ले घर जलेर नष्ट भएको छ । चौपाया र मानवीय क्षति भने भएको छैन ।

आगलागीको खबर प्राप्त हुनसाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । धुलिखेल नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

आगलागीको कारण खुल्न बाँकी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...