माओवादी केन्द्रको आधिकारिक वेबसाइट सार्वजनिक
काठमाडौं, ११ मंसिर । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पार्टीको वेबसाइट सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित एक कार्यक्रमकाबीच पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वेबसाइट सार्वजनिक गरेका हुन्।
पार्टीको प्रचारको शैलीलाई आधुनिक ढंगबाट अघि बढाउनका लागि वेबसाइट निर्माण गरिएको माओवादी केन्द्रले जनाएको छ। यसअघि माओवादीले गठन गरेको ‘आइसीटी फोरम’को नेतृत्वमा वेबसाइट निर्माणको काम भएको हो।
कार्यक्रममा बोल्दै प्रचण्डले समय अनुसार युगको अवस्था पनि फेरिँदै गएको कारणले डिजिटल उपयोग गरेर जाने प्रवृत्ति बढ्दै गएको उल्लेख गरे।