गौशालामा प्रसाईं समूहको प्रदर्शनमा तनाव, आचार्य श्रीनिवाससहित १० जना पक्राउ
काठमाडौं, ११ मंसिर । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले सोमबार गौशालामा गरेको प्रदर्शनका क्रममा झडप भएको छ ।
झडपमा परी केही घाइते पनि भएका छन् भने उनीहरुलाई उपचारका लागि सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेज केएमसी लगिएको छ ।
आजको प्रदर्शनमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पनि उपस्थित भएका छन् । प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थकसहित गएर उनले उग्र अभिव्यक्ति दिएका थिए ।
गेरुवस्त्रमा त्रिशुलसहित आएर उग्र अभिव्यक्ति दिँदै सडक अवरुद्ध पार्न खोजेपछि प्रहरीले लगत्तै उनलाई पक्राउ गरेको थियो । उनीसहित १० प्रदर्शनकारी पक्राउ परेका छन् ।