बबरमहलमा पैदलयात्रुले नै बटन थिचेर बाटो काट्ने प्रविधिको सुरुवात

काठमाडौं, ११ मंसिर । काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सन्चालनमा आएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज बिहानबाट सञ्चालनमा आएको हो ।

बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखेको महानगर ट्राफिक कार्यालयले जनाएको छ ।

ट्राफिकका अनुसार पैदलयात्रुले बटन थिचेको २ मिनेटमा ट्राफिक बत्ती रातो बल्ने र गाडी रोकिएपछि यात्रुले बाटो पार गर्न मिल्ने छ । यस प्रविधिले पैदलयात्रुलाई जम्मा गर्ने र एकैचोटी बाटो काट्न मद्दत गर्नेछ ।

महानगरले काठमाडौंका अन्य स्थानमा पनि यो प्रविधिको ट्राफिक बत्ती जडान गर्ने तयारी गरेको जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय