दोस्रो संस्करणको रत्‍न प्रिय कप मंसिर २५ गतेदेखि

काठमाडौं, ११ मंसिर । चितवनको रत्‍ननगरमा दोस्रो संस्करणको रत्‍न प्रिय कप फुटबल २०८० यही मंसिर २५ गतेदेखि हुने भएको छ ।

रत्ननगर-९ मा रहेको रत्‍न प्रिय क्लबको आयोजनामा यही मंसिर २५ गतेदेखि पौष ४ गते सम्म टिकौली चौरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा १० टोलीको सहभागिता रहने क्लबका अध्यक्ष वसन्त राना मगरले जानकारी दिए ।

प्रतियोगिताको विजेता टोलीलाई रु. १ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुने टोलीलाई रु. ७७ हजार ७ सय ७७ र सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई रु. ५ हजार र ट्रफी प्रदान तथा प्रत्यक खेलमा उत्कृष्ट हुने खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको राना मगरले बताए ।

टिम दर्ता गर्न रु ८ हजार ५०० शुल्क लाग्ने जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय