अस्ट्रेलियामाथि भारतको लगातार दोस्रो जीत
काठमाडौं, १० मंसिर । भारत र अस्ट्रेलियाबीच जारी टी-२० श्रृंखलामा भारतले लगातार दोस्रो जीत हासिल गरेको छ । आइतबार भएको दोस्रो खेलमा भारतले अस्ट्रेलियालाई ४४ रनले हराएको हो ।

भारतले दिएको २३६ रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलियाले पूरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १९१ रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक ४५ रन बनाए । त्यस्तै म्याथ्यु वेड ४२ रनमा अविजित रहँदा टिम डेभिडले ३७ रन बनाए ।

भारतका प्रसिद्ध कृष्णा र रवि विश्नोईले ३-३ विकेट हात पारे भने अर्शदीप सिंह, अक्षर पटेल र मुकेश कुमारले १ १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २३५ रन बनाएको थियो । भारतका लागि ओपनर रुतुराज गायक्वाडले स्वाधिक ५८ रन बनाए भने यशश्वी जैसवालले ५३ तथा इशान किशनले ५२ रन बनाए ।
रिंकु सिंह ९ बलमा ३१ रनमा अविजित रहे । अस्ट्रेलियाका लागि नेथन एलिसले ४ ओभरमा ४५ रन दिएर ३ विकेट लिए भने मार्कस स्टोइनिसले ३ ओभरमा २७ रन दिएर १ विकेट लिए ।
यस जीतसँगै भारतले पाँच खेलको श्रृंखलामा २-० को अग्रता बनाएको छ ।