अबको समय बिकास र समृद्धिको हो :दुर्गा प्रसाईं

काठमाडौ,९मंसिर।मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अबको समय समृद्धि र बिकासको भएको भन्दै नेपालीले सधैं आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंले नेपालीको समय १०० वर्ष आन्दोलनमा गएको भन्दै अब बिकासमा लाग्नुपर्नेमा जोड दिए। बिहिवारदेेेखि काठमाडौमा आन्दोलन गरिरहेका प्रसाइले शनिबार सिफल चौरमा आयोजित प्रदर्शनपछिको सभामा यस्तो बताएका हुन् ।उनले अबको समय विकास र समृद्धिको रहेको भन्दै सबै नेपाली राष्ट्रवादी बन्न जरुरी रहेको समेत बताए ।
राजा ल्याउने अभियानमा लागेको भनिएपनी उनले राजावादीलाई पनि राजावादी नभएर आफूहरुको आन्दोलनमा राष्ट्रवादी भएर नेपालको झण्डा बोकेर आउन आह्वान गरे । नेपालको झण्डामुनि गोलबद्ध भएर भ्रष्टाचार र गरिबीविरुद्ध लड्नुपर्ने उनको भनाइ थियो ।
प्रसाईं काठमाडौको आन्दोलनमा सरिक भैरहेका बेला पुर्व राजा ज्ञानेन्द्र शाह भने प्रसाईंको गृह नगर बिर्तामोडमा छन् । उनले राजाको पक्षमा भन्दा बढी बिकासका कुरा बोलेर सभामा उपस्थित हुनेको ध्यान खिचे। ‘ तपाईंहरुले कुरा बुझ्नुभयो नि, एक समय रेडियोले भन्थ्यो नि यो समय मुना चियाको हो । हो त्यस्तै अहिले यो समय दुर्गा पसाईंको हो’ उनले सभामा भने-‘देशको विकास गर्न दुर्गा प्रसाई जन्मिएको छ,सबैले यो कुरा बुझेर साथ दिनुहोला।’

