एनएसएल: मोसेसको निर्णायक गोलमा पोखराको विजयी सुरुवात

काठमाडौं, ९ मंसिर । पोखरा थन्डर्सले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार दिउँसो दशरथ रङ्गशालामा भएको खेलमा पोखराले एफसी चितवनलाई १-० गोलअन्तरले हराएको हो ।

पोखराको जीतमा मोसेस तुमले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । मोसेसले ७२औं मिनेटमा गोल गरेका थिए । बाँयातर्फबाट स्टेफेन कोयोले बक्सभित्र दिएको पासमा मोसेसले सहजै गोल गरेका थिए । खेल अवधिभर दुवै टोलीले राम्रा अवसरहरुको सदुपयोग गर्न सकेनन् ।

यस जीतसँगै पोखराले ३ अंक जोडेको छ । एनएसएलमा आजै साँझ ६ बजे ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी खेल्ने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय